घरेलु हिंसाका घटना बाहिर आउन थाले

लमजुङ । लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिला हिंसालाई आफैभित्र दवाएर राख्ने गर्थे । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् । बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताइन् ।
उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटना बढ्दै गएको देखिएको छ । ुतर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्, अधिकारीले भनिन् ‘पहिले झनै धेरै घटना हुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटना खुलेर आउँन थालेका छन् । महिला दिदीबहिनीमा हिंसा लुकाएर बस्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।’
बेसीशहर-७ की सीता भण्डारीले हिंसाका घटना बाहिर आउन थालेको भन्दै नागरिकमा हिंसा सहन हुँदैन भन्ने चेतनाको विकास भएको बताइन् ।
उनले भनिन्,‘पहिले महिला आफ्ना समस्या भन्न लाज मान्ने गर्दथे अहिले हिंसा सहनु हुँदैन भन्ने ज्ञानको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो । हिंसाका घटना बाहिर आउनु नै महिलामा आत्मबल बढ्नु हो ।
बेसीशहरकी पूर्णिमा गुरुङ पनि महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताउँछिन् ।
वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको संख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालु आव ०७८/७९ को हालसम्म ४८ वटा हिंसाको उजुरी दर्ता भएका छन् । जसमा ३३ वटा घरेलु हिंसाको र १५ वटा ठाडो उजुरीको छन् ।
गत आव ०७७/७८ मा १ सय २१ वटा हिंसाको उजुरी प्रहरीमा आएको छ । जसमा ९२ वटा घरेलु हिंसाको र २९ वटा ठाडो उजुरीको रहेको छ ।
यस्तै आर्थिक वर्ष ०७६र७७ मा ७९ वटा हिंसाको उजुरी परेकोमा घरेलु हिंसाको ६१ र ठाडो उजुरी १८ वटा प्रहरी कार्यालयमा आइपुगेको छ । प्रहरीमा आएका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाह लगायतको घटना रहेका छन् ।
















निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया