ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी पक्राउ

काठमाडौँ । अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन्। ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा अनिषहाङ बहिङ राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेका राईले उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर, त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्। कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखिएको थियो। ड्रोनको लेन्सनिर सुनको बिस्कुट भेटिएपछि उनलाई पक्राउ गरेको हो।
सुरूमा उनीबाट सय ग्राम सुन बरामद भएको थियो। त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो। त्यसभित्र रहेको जुत्ताभित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको प्रहरीले जनाएको छ।
उनीबाट पाँच वटा फोन पनि बरामद भएको छ। पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया