ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी पक्राउ

काठमाडौँ । अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन्। ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा अनिषहाङ बहिङ राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेका राईले उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर, त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्। कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखिएको थियो। ड्रोनको लेन्सनिर सुनको बिस्कुट भेटिएपछि उनलाई पक्राउ गरेको हो।
सुरूमा उनीबाट सय ग्राम सुन बरामद भएको थियो। त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो। त्यसभित्र रहेको जुत्ताभित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको प्रहरीले जनाएको छ।
उनीबाट पाँच वटा फोन पनि बरामद भएको छ। पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ।
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया