स्थायी शिक्षकको परीक्षामा परिचय पत्र पनि अनिवार्य
मेरोन्यूज
२०७८ चैत ४ गते १७:२८
काठमाडौँ । स्थायी शिक्षकको परीक्षाका परीक्षार्थीले प्रवेश पत्रसँगै परिचयपत्र पनि देखाउनु पर्ने भएको छ। शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेश पत्रसँगै आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य गरेको हो।
शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दै छ। परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको आयोगले प्रस्ट पारेको छ।
सोही आधारमा प्रवेश पत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकता वा अध्यापन अनुमति पत्र लिई परीक्षामा सहभागी हुन आयोगले आग्रह गरेको छ।
सम्बन्धित
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया