पल शाह प्रकरणः कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा शर्मिला वाइवा पक्राउ
मेरोन्यूज
२०७८ चैत ५ गते ६:१८

काठमाडौं । पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् ।
उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।
सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापाविरुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरुद्ध बोलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया