कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूले आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए । यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।
कार्यक्रममा उनले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दावी गरे । यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी पनि गरे । अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए । उनले युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने आशा गरे ।
उनले कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको पनि बताए । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए । उनले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताए ।
















एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
मधेसका मुख्यमन्त्री यादवले आगामी जेठ १ गते विश्वासको मत लिने
रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध, सम्बन्धमा थप दरार
शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, १६ खर्ब ५९ अर्ब विप्रेषण
गगनले गरे देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा मनोनीत
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
प्रतिक्रिया