सोमबार, वैशाख २८, २०८३

टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो

मेरोन्यूज २०८३ वैशाख २८ गते ७:१२
file photo

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । 

Advertisement
NiccNicc

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको प्रहरीले जनाएको छ ।

यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । यात्रुहरु सकुशल छन् । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको छ ।

अहिले विमानलाई ट्याक्सीवे तर्फ लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया