शनिबार, चैत १४, २०८२

महानगरबासीको चाहना पूरा गर्न सकिनँ, जिम्मेवारी पूरा गरेँ : मेयर शाक्य

मेरोन्यूज २०७८ चैत ५ गते १५:२७

काठमाडौँ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन्। उनले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको बताए।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार काठमाडौँ महानगरपालिका वडा नं. १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरूले सुम्पेको जिम्मेवारी पूरा गरेको बताए। त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो।

मेयर शाक्यले सबै वडा कार्यालयलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर गरे। सबै वडाहरूलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै उनले सबै काम सम्पन्न भइसेको बताए।

उनले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए। उनले मुद्दा मामिलाले महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए। उनले भने, ‘सबै पूरा गर्न नसकेपनि धेरै जिम्मेवारी पूरा गरेको छु, मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु, सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइदिएका छौँ, सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौँ, र अभिभावकीय भूमिका खेल्नु पर्छ भनेर सोहीअनुसार काम गरिरहेका छौँ।’

कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले शहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरूको कामलाई अघि बढाइएको बताइन्।

प्रतिक्रिया