महानगरबासीको चाहना पूरा गर्न सकिनँ, जिम्मेवारी पूरा गरेँ : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन्। उनले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको बताए।
शनिबार काठमाडौँ महानगरपालिका वडा नं. १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरूले सुम्पेको जिम्मेवारी पूरा गरेको बताए। त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो।
मेयर शाक्यले सबै वडा कार्यालयलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर गरे। सबै वडाहरूलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै उनले सबै काम सम्पन्न भइसेको बताए।
उनले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए। उनले मुद्दा मामिलाले महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए। उनले भने, ‘सबै पूरा गर्न नसकेपनि धेरै जिम्मेवारी पूरा गरेको छु, मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु, सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइदिएका छौँ, सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौँ, र अभिभावकीय भूमिका खेल्नु पर्छ भनेर सोहीअनुसार काम गरिरहेका छौँ।’
कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले शहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरूको कामलाई अघि बढाइएको बताइन्।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया