नायिका प्रियंका कार्कीमाथि प्रहरीको अनुसन्धान

काठमाडौँ । नायिका प्रियंका कार्कीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार गरेको आरोपमा उनीमाथि अनुसन्धान शुरु गरेको हो।
उनीमाथि अवैध क्रिप्टोकरेन्सीमा लगानी गर्न उक्साएको आरोप रहेको एक प्रहरी अधिकारीले बताए। त्योबाहेक कार्कीले क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो।
उनले केही समयअगाड िसामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्।’
कार्कीलाई सीआईबीले सो विषयमा सोधपुछ गर्न आइतबार बोलाएको थियो। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ।
गतसाता मात्रै राजस्व अनुसन्धान विभागले मोरङका दुई जनाविरुद्ध अदालतमा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा १० करोड जरिवानाको माग गरेर मुद्दा दायर गरेको थियो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया