आइतबार, माघ ४, २०८२

नायिका प्रियंका कार्कीमाथि प्रहरीको अनुसन्धान

मेरोन्यूज २०७८ चैत ६ गते १६:४६

काठमाडौँ । नायिका प्रियंका कार्कीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार गरेको आरोपमा उनीमाथि अनुसन्धान शुरु गरेको हो।

उनीमाथि अवैध क्रिप्टोकरेन्सीमा लगानी गर्न उक्साएको आरोप रहेको एक प्रहरी अधिकारीले बताए। त्योबाहेक कार्कीले क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो।

उनले केही समयअगाड िसामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्।’

कार्कीलाई सीआईबीले सो विषयमा सोधपुछ गर्न आइतबार बोलाएको थियो। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

गतसाता मात्रै राजस्व अनुसन्धान विभागले मोरङका दुई जनाविरुद्ध अदालतमा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा १० करोड जरिवानाको माग गरेर मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया