युक्रनेको दाबी : १५ हजार रुसी सैनिकको मृत्यु, दुई सय लडाकु विमान ध्वस्त
मेरोन्यूज
२०७८ चैत ६ गते १९:३६

काठमाडौँ । युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ। युक्रेनका सैन्य अधिकारीले आफूहरूको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो।
युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ। युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी किभमा भिषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ।
युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरूलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारिएको बताएको छ।
यस क्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ। जसमा ४७६ ट्यांक दुई सयभन्दा बढी लडाकु विमान, हेलिकप्टर र ड्रोनका साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ।
सम्बन्धित


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया