आइतबार, माघ ४, २०८२

यौन दुर्व्यवहारको आरोपी समात्न गएका एक प्रहरीको हत्या, १८ प्रहरी घाइते

दया दुदराज २०७८ चैत ६ गते २३:१२

काठमाडौं। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा परेर एक महिला प्रहरीको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । सोही आक्रमणमा परेर एक महिला प्रहरीको मृत्यु भएको हो । स्रोतका अनुसार घाँटीमा हतियार प्रहार हुँदा उनको घटनास्थलमै प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए ।

घटनास्थलमा पुगेर प्रहरीले अधिनमा लिन खोज्दा प्रहरी महिलाको मृत्यु भएको हो। स्रातका अनुसार एसपी जर्नादन जिसीसहित १८ जना प्रहरी घाईते भएका छन् ।

विद्यार्थीमाथी यौन दुव्र्यवहार भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको थियो । तर, आक्रोशित भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानिय स्रोतले जनाएको छ ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया