यौन दुर्व्यवहारको आरोपी समात्न गएका एक प्रहरीको हत्या, १८ प्रहरी घाइते

काठमाडौं। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा परेर एक महिला प्रहरीको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । सोही आक्रमणमा परेर एक महिला प्रहरीको मृत्यु भएको हो । स्रोतका अनुसार घाँटीमा हतियार प्रहार हुँदा उनको घटनास्थलमै प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए ।
घटनास्थलमा पुगेर प्रहरीले अधिनमा लिन खोज्दा प्रहरी महिलाको मृत्यु भएको हो। स्रातका अनुसार एसपी जर्नादन जिसीसहित १८ जना प्रहरी घाईते भएका छन् ।
विद्यार्थीमाथी यौन दुव्र्यवहार भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको थियो । तर, आक्रोशित भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानिय स्रोतले जनाएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया