प्रहरी महिलाको मृत्युपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु

काठमाडौं । आइतबार स्थानीय बासिन्दा र प्रहरीबीच झडपका क्रममा एक महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु लगाएको हो।
दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। ‘ बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नहुन्जेल सम्मका लागि कर्फ्यू जारी रहन्छ,’उनले भने ।
गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घरमै गएर जबरजस्ती करणीको प्रयास गरेका थिए । उनी शिक्षा विकास माविका नि.मा.वि तहका सामाजिक शिक्षक हुन् । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राखेर घाइते विद्यार्थी, प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरे पनि विधार्थी र अभिभावकले ढुंगामुढा गरेपछि केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । सोही झड्पमा आइतबार एक महिला प्रहरीको मृत्यु भएको थियो।
तस्बिर स्रोत: सामाजिक सञ्जाल













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया