प्रहरी महिलाको मृत्युपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु

काठमाडौं । आइतबार स्थानीय बासिन्दा र प्रहरीबीच झडपका क्रममा एक महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु लगाएको हो।
दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। ‘ बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नहुन्जेल सम्मका लागि कर्फ्यू जारी रहन्छ,’उनले भने ।
गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घरमै गएर जबरजस्ती करणीको प्रयास गरेका थिए । उनी शिक्षा विकास माविका नि.मा.वि तहका सामाजिक शिक्षक हुन् । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राखेर घाइते विद्यार्थी, प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरे पनि विधार्थी र अभिभावकले ढुंगामुढा गरेपछि केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । सोही झड्पमा आइतबार एक महिला प्रहरीको मृत्यु भएको थियो।
तस्बिर स्रोत: सामाजिक सञ्जाल
















संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया