शिक्षक भर्नामा आर्थिक चलखेल गरेको भन्दै विद्यालयमा प्रदर्शन, ६ सुरक्षाकर्मी घाइते

सिरहा । सिरहाको मिर्चैयास्थित मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालय मिर्चैयामा शिक्षक भर्नामा आर्थिक चलखेल गरेको भन्दै भएको विवाद उग्र बनेको छ ।
विद्यालयमा प्राथमिक तहका ५ जना करार शिक्षकको लागि विद्यालयले आज लिन लागेको परीक्षा रोक्न पुगेका स्थानीय दलीय प्रतिनिधी र प्रहरीबीच झडप हुँदा ६ जना सुरक्षाकर्मीसहित एकदर्जनबढी सामान्य घाइते भएका हुन् ।
उनीहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्केको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।
उनले झडप भएको र पछि विद्यालयले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको जनाए । सूचनामा अर्को सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा स्थगित गरेको उल्लेख गरिएको छ ।
स्थानीय विभिन्न दलका प्रतिनिधीले नगरपालिकाका जनप्रतिनिधी र विद्यालयका प्रधानअध्यापकबीचको मिलेमतोमा रकम चलखेलगरी शिक्षक भर्ना गर्न लागेको आरोप लगाएको छ । आज विहान पाँच जना प्राथमिक शिक्षकको भर्नाको लागि परीक्षा सञ्चालन हुन लागेको थाहा पाएर पुगेका स्थानीयले परीक्षा रोक्न खोज्दा प्रहरीसँग झडाप भएको हो ।
जनप्रतिनिधि र विद्यालयका प्राधानाध्यापक अशोक कुमार यादवले रकम चलखेलमा आफ्ना आसेपासेलाई भर्ना गर्न लागेको भन्दै स्थानीले परीक्षा रोकी पुनः सूचना निकालेर शिक्षक तथा कर्मचारी भर्ना गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
मिर्चैया ३ को आधारभुत विद्यालयमा पनि एक जना शिक्षकको परीक्षा पनि विरोध भएपछि स्थगित भएको नगर शिक्षा शाखाका श्याम यादवले जानकारी दिए । उनका अनुसार नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयका लागि १४ जना शिक्षक कर्मचारी भर्ना गर्न लागेकोमा ६ जनाका लागि आज परीक्षा हुन लागेको थियो । तर, विवादपछि भने परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको जनाएको छ ।
यता, प्रअ यादवले भने आफूले सवै प्रक्रिया पूरा गरेरै आज परीक्षाको मिति तोकेको बताए । उनले भने, ‘विद्यालयले मंसिरमै एक जना प्राविधिक तर्फ भेटेरिनरी निमावि, एक जना मावि, साधारणतर्फ एकजना निमावि र ५ जना प्राथमिक शिक्षाका लागि जम्मा ७ जनाको सूचना निकालेर आज परीक्षा गर्न लागिएको थियो ।’
५ जना प्राथमिक शिक्षकको लागि २४ जना उम्मेदवारले फर्म भरेको समेत प्रअ यादवले जानकारी दिए ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया