बुधबार, वैशाख ९, २०८३

युएईविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्ने

मेरोन्यूज २०७८ चैत ७ गते ११:४९

काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्द खेल्दै छ ।

Advertisement
NiccNicc

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ ।

आज विशेषगरि नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच हालसम्म पाँच ओडीआई खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने युएई तीन खेलमा विजयी भएको छ ।

प्रतियोगितामा नेपाल १० खेलमा पाँच जित र पाँच हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । युएई १७ खेलमा नौ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी रहेका छन्

प्रतिक्रिया