सोमबार, माघ ५, २०८२

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मेरोन्यूज २०७८ चैत ७ गते १२:२८


काठमाडौं । चितवनमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई पक्राउ गरेको हो ।

कक्षा ९ मा अध्ययनरत १५ वर्षकी छात्रामाथि गत २९ फागुनमा माडी–५ बस्ने ३७ वर्षीय शिक्षक लामिछानेले यौन दुर्व्यवहार गरेका थिए । पीडित विद्यार्थीका अनुसार शिक्षक लामिछानेले पटकपटक अन्य छात्राहरूमाथि पनि यौन दुर्व्यवहार गर्दै आएका थिए ।

आइतबार पीडित विद्यार्थीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपश्चात् शिक्षक लामिछानेलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको हो ।

प्रतिक्रिया