काँडाघारीमा बम राखेको अभियोगमा सांसद नविना लामाका बुबा पक्राउ

काठमाडौं । काठमाडौंको काँडाघारीमा बम राखेको अभियोगमा सांसद नविना लामाका पिता माणिक लामालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको विशेष व्यूरोले अनुसन्धानका लागि लामालाई पक्राउ गरिएको हो ।
करीव एक महिना अगाडि काँडाघारी नजिकै बम राखेको घटनामा संलग्न व्यक्तिहरूसँग सम्पर्कमा देखिएको र उनी संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त तीनकुनेमा राखिएको छ ।
नेकपा विप्लवसँग आवद्ध रहेका माणिकको समूहले गत फागुन १५ गते अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन भएको दुई दिनपछि काँडाघारी नजिकै बम राखेर स्थानीयलाई आतंकित तुल्याएको आरोप लगाइएको छ ।
सरकारसँग तीन बुदे सहमति गरेर खुला राजनीतिमा आएको विप्लव समूहलाई अहिले पनि सरकारले दुःख दिइरहेको जनाइएको छ । माणिक लामा यसअघि भूमिगत भएका थिए । विल्लव समूह खुला राजनीतिमा आएसँगै उनी पनि खुला भएका थिए । प्रहरीले यसअघि पनि उनलाई पक्राउ गरेको थियो ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया