एमाले बैठकमा घनश्याम भुसालको प्रस्ताव : फेरि बामपन्थी एकता गरौं

काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा दुई नेताले फेरि पनि बामपनथी एकताको प्रस्ताव राखेका छन् । गत चुनावमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन हुँदै पार्टी एकता समेत भएको र त्यसको परिणाम बामपन्थीहरुले केन्द्र देखि प्रदेश सम्मको सरकारमा जनमत वटुलेको भन्दै एमाले नेताहरु घनश्याम भूसाल र रघुजी पन्तले बामपन्थी एकताको प्रस्ताव पाटीृ पोलिटब्यूरो बैठकमा राखेका हुन् ।
ओलीले चुनावी एकताका विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कहँी पनि नहुने बताईरहँदा भुसाल र पन्तले भने चुनावी एकतालाई लिएर पार्टीमा फरक मत राखेका छन् । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेता भूसालले कम्युनिस्टम पार्टीहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले वहुसंख्यक कार्यकर्ता र सदस्यहरूले कम्युनिस्ट एकता चाहेको हुनाले कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक रहेको प्रस्ताव बैठकमा राखेको बैठकमा सहभागी एक नेताले बताए ।
पन्तले पनि भुसालकै जस्तो मत पार्टीमा राखेका छन् ।
भूसालले बैठकमा विभिन्न चार कारण पेस गर्दै कम्युनिस्ट गठबन्धन आवश्यक रहेको बताएका हुन् ।
एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामपन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गरेका छन् । त्यसका लागि पार्टी अध्यक्ष समेत रहेका केपी ओलीले नेतृत्वदायी पहलकदमी लिनुपर्ने भुसालको मत छ ।
यस अगाडी एक दैनिक पत्रिकामा पनि उनले लेख नै लेखेर एकताको प्रस्ताव गरेका थिए । कुनै एउटा पार्टीले आफनो पार्टी कमिटिमा एकताको प्रसताव राखेमा अर्काे कम्युनिष्ट पार्टी पनि एकतामा आउन बाध्य हुने भुसालको तर्क थियो ।
मुलुकमा बामपन्थी मत अधिक रहेको र वामपन्थी विभाजित हुदाँमात्र कांग्रेस लगायतका पुँजीवादी पार्टीले हालीमुहाली गर्ने अवसर पाएको भुसालको तर्क छ ।
उनले प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग विगतका कमजोरी लार्य सुधारेर अव फेरि एकताको प्रस्ताव गर्नुपर्ने मत राखेका हुन् ।
भुसाल र पन्तको सो प्रस्तावमा पोलिटब्यूरो सदस्य महेश बस्नेत र हिक्मत कार्कीले भने असन्तुष्टि राखेका छन् ।
प्रचण्ड(माधव समूहमा रहेका कार्यकर्तालाई एमालेमा प्रवेश गर्न आह्वान गर्ने र देशभर नेकपा एकताको निरन्तरताका रुपमा माओवादी पंक्तिलाई एमालेमा समेट्ने तर प्रचण्ड र माधव नेपालहरुलाई पनि ल्याएर वामपन्थी एकताको कुरा अहिले सम्भव नभएको बस्नेतको तर्क थियो ।
उनले नेता मिलाएर पार्टी बलियो नहुने भन्दै कार्यकर्तालाई एमालेमा ल्याउने तर अहिले प्रचण्ड माधवसँग सहकार्य गर्न नसकिने बताएका थिए ।
नेता हिक्मत कार्कीले पनि वामपन्थी एकताको कुरा कर्णप्रीय भए पनि विगतका गल्ती समीक्षा नगरी प्रचण्ड(माधव समूहसँग एकताको कुराको अर्थ नहुने बताएका थिए ।
तर भुसालले भने पाटीृले गम्भिर समिक्षा गरेर एकतामा जानुको विकल्प नरहेको मत पार्टीमा राखेका छन् ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया