राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ ।
एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।
पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको बुधबारको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा २९ को २ लाई टेकेर एन्फा नेतृत्वमाथि ३ महिनासम्मका लागि निलम्बन गरेको थियो ।
एन्फा निलम्बनमा परेपछि अध्यक्षका अर्का उम्मेदवार कुमार केसी पक्षले निर्वाचनमा सहभागी नहुने घोषणा समेत गरेका थिए ।
बुधबारसम्म निर्वाचन गरिछाड्ने हठसहित अगाडि बढेको एन्फाले आज भने निर्वाचन रोक्ने निर्णय गरेको हो । एन्फा निर्वाचनका लागि अघि बढेपछि राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दै चैत १३ गते नै जसरी पनि निर्वाचन गर्ने अडान राखेपछि राखेपले निलम्बन गरेको थियो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया