जग्गा बेच्न नदिएको भन्दै आमाको हत्या गर्ने दुई जना पक्राउ
मेरोन्यूज
२०७८ चैत ७ गते १६:११
काठमाडौँ । पोखरामा जग्गा बेच्न नदिएको निहुँमा आमाको गर्ने व्यक्ति पक्राउ परेका छन्। पोखरा महानगरपालिका १२ शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।
नेपालीको हत्या आरोपमा उनकै छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको अनुसन्धानबाट खुलेको हो।
ओमबहादुरले घर र जग्गा बेच्न खोजेपछि नौमायाले बेच्न मानेकी थिइनन्। त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा आमाको हत्यामा सहयोग मागेको प्रहरीले जनाएको छ।
फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथीले राति नौमायाको हत्या गरेका थिए। घटनापछि दुवै जना कुमारकै घरमा गएका थिए।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया