पल शाहको बयान सुरू

काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्ण जोशीको बयान लिन सुरू गरेको छ। प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध आजै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो।
दिउँसो ३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णुप्रसाद तिम्लिसिनाले जानकारी दिए। ‘सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ता गरेको थियो। अभियुक्तहरूको बयान लिने काम भइरहेको छ,’ उनले भने। दुवै पक्षका कानुन व्यवसायी बयानमा उपस्थित छन्।
जिल्ला न्यायाधीशको रोहबरमा पल र उनका म्यानेजर जोशीले बयान दिइरहेका छन्। उनका अनुसार बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्ने छ। दुई पक्षको बहस सुनेर मिसिलमा सग्लन प्रमाणको आधारमा थुनछेक आदेश हुने उनले बताए। ‘प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुन्छ,’ उनले भने।
१२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा मुद्दा दर्ता गराएको शर्माले उल्लेख गरे।
जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार पलका म्यानेजर जोशीलाई पनि आधा सजायको माग राख्दै मुद्दा दर्ता गरिएको छ। जोशी मतियार भएकाले शाहलाई हुने सजायको आधा सजाय मागसहित मुद्दा दर्ता गरेको उनले बताए।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया