पल शाहको बयान सुरू

काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्ण जोशीको बयान लिन सुरू गरेको छ। प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध आजै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो।
दिउँसो ३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णुप्रसाद तिम्लिसिनाले जानकारी दिए। ‘सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ता गरेको थियो। अभियुक्तहरूको बयान लिने काम भइरहेको छ,’ उनले भने। दुवै पक्षका कानुन व्यवसायी बयानमा उपस्थित छन्।
जिल्ला न्यायाधीशको रोहबरमा पल र उनका म्यानेजर जोशीले बयान दिइरहेका छन्। उनका अनुसार बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्ने छ। दुई पक्षको बहस सुनेर मिसिलमा सग्लन प्रमाणको आधारमा थुनछेक आदेश हुने उनले बताए। ‘प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुन्छ,’ उनले भने।
१२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा मुद्दा दर्ता गराएको शर्माले उल्लेख गरे।
जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार पलका म्यानेजर जोशीलाई पनि आधा सजायको माग राख्दै मुद्दा दर्ता गरिएको छ। जोशी मतियार भएकाले शाहलाई हुने सजायको आधा सजाय मागसहित मुद्दा दर्ता गरेको उनले बताए।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया