चीनका कारण अस्पताल बन्न सकेन : स्वास्थ्य मन्त्री
मेरोन्यूज
२०७८ चैत ८ गते १९:३४

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन्। मंगलबार चाँगुनारायण नगरपालिका १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा उनले चीनका कारण निर्माण हुन नसकेको बताएका हुन्।
उनले चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमति गराउने प्रयास गर्ने बताए। उनले भने, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ, आशालाई निराशामा परिणत हुन हामी दिदैनौँ, तपाईहरुलाई म विश्वास दिलाउन चाहान्छु ।’
उनले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाता खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्ने बताए ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया