मोरङको लेटाङ क्षेत्रमा निषेधाज्ञा यथावत
मेरोन्यूज
२०७८ चैत ८ गते २०:१७

काठमाडौँ । मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ ।
लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्रशासनले चैत ६ गते निषेधाज्ञा आदेश जारी गरेको थियो ।
सम्बन्धित













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया