आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना
मेरोन्यूज
२०७८ चैत ९ गते ७:०२

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।
बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सम्बन्धित












पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया