सोमबार, माघ ५, २०८२

धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु 

मेरोन्यूज २०७८ चैत ९ गते १०:५३

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी छन् ।

उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।

प्रतिक्रिया