स्थापनकाे दुई वर्षमा सुदूरपश्चिम प्रदेश लोकसेवाले बल्ल खोल्यो विज्ञापन

धनगढी,
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थापनाको करिब दुई वर्षपछि पहिलो पटक विज्ञापनमार्फत कर्मचारी माग गरेको छ । स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारी मागका लागि विज्ञापन प्रकाशित गरेको हो ।
आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो । आयोगले जनरल फरेष्ट्री खुलातर्फ ९२ जना माग गरेको छ । यसैगरी, २५ जना महिला, २० जना आदिवासी जनजाति, १६ जना मधेसी, सात जना दलित, चार जना अपाङ्ग, तीन जना पिछडिएको क्षेत्र गरी जम्मा एक सय ६७ पदका लागि विज्ञापन आह्वान गरेकाे प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीले बताए ।
आयोगले विभिन्न सेवाका क्षेत्रका लागि सहायक स्तर पाँचौ तहका प्राविधिक पदमा फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र वैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने तयारी गरेको छ ।
सहायक स्तर पाँचौ तहका प्राविधिक पदहरूतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका रहेको कम्प्यूटर अधिकृत भण्डारीले बताए ।
















अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया