४२ केजी गाँजासहित चार जना पक्राउ
मेरोन्यूज
२०७८ चैत ९ गते १८:१७
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका ६ बाट प्रहरीले ४२ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ना ६ ख ४४०९ नम्बरको ट्रकमा लुकाई ल्याएको ४२ किलोग्राम गाँजासहित उनीहरूलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रकका चालक सोही गाउँपालिका ६ बस्ने ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौँडा उपमहानगरपालिका ११ बस्ने २२ वर्षीय सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका १२ बस्ने ६० वर्षीय राजेश प्रसाद रौनियार र सोही ठाउँ बस्ने ४० वर्षीया रेश्मा भर रहेका छन् ।
मनहरीबाट चितवनतर्फ जाँदै गरेको ट्रकलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाँजा फेला पारी पक्राउ गरेको हो ।
सम्बन्धित
















निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया