सशस्त्रका पूर्वडीआईजी कोइरालाको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बिहीबार हुँदैछ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा सुनुवाइका लागि सर्वोच्चले मुद्दाको पेसी तोकेको छ ।
मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र सुनुवाइका लागि मुद्दा पेसीमा तोकिएको हो । १५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाएको थियो ।
जबकि कोइराला भने डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसी रहेको संयुक्त इजालसले साढे आठ वर्ष मात्र कैद बसे पुग्ने भन्ने फैसला गरेको थियो ।
जन्मकैद सजाय तोकिँदा नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षादीक्षाका कार्यहरूमा अनिश्चितता र अन्योल हुने तथा सजाय चर्को पर्न जाने चित्तमा परेकाले घटाउनुपरेको फैसलामा भनिएको थियो ।
फैसल पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै चर्को आलोचना भयो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले १४ साउन २०७७ मा आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकन निवेदन सर्वोच्चमा दिएको थियो ।
निवेदनउपर सुनुवाइ हुँदा पुनरावलोकन हुने निर्णय सर्वोच्चले गरेको थियो । अब, मुद्दा सुरुवाती चरणदेखि नै अघि बढ्ने भएको छ ।
कोइराला २७ पुस २०६८ मा श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा यसअघि अदालतबाट दोषी ठहर भएका थिए । ढकालको हत्या गरेर मकवानपुरको मेत्राङमा शव जलाएको खुलेको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया