बाघको छाला किनबेच गर्ने मुद्दाका १६ वर्षदेखि फरार प्रतिवादी जेल चलान

चितवन । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई निकुञ्जले ३ चैतमा पक्राउ गरी चितवन कारागार पठाएको हो ।
गुरुङ पक्राउ गर्नुलाई निकुञ्जले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यतिबेला वन्यजन्तुसम्बन्धी मुद्दाको फैसला निकुञ्जले नै गर्ने व्यवस्था थियो ।
१४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साविक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साविक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा थप दुईजना फरार प्रतिवादीको संलग्नता रहेको खुलेको निकुञ्जको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
९ कात्तिक २०६२ मा निकुञ्जमा दायर भएको बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा निकुञ्जले चितवन प्रहरीको सहयोगमा गुरुङलाई भरतपुर महानगरपालिका(१ लिलाचोकबाट पक्राउ गरेको हो ।














जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया