मंगलबार, वैशाख १५, २०८३

लेटाङ घटनाका दोषीलाई कारबाही गर्न आग्रह

मेरोन्यूज २०७८ चैत १० गते २१:३४

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानून दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानुनी दायरामा ल्याउन, घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न भनिएको छ ।

Advertisement
NiccNicc

“बालिकामाथि भएको भनिएको दुव्र्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस प्रकारका घटना हुन नदिन सचेत र संवेदनशील हुन आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ ।”

मोरङको लेटाङ्स्थित शिक्षा विकास माविमा अध्ययनरत एक बालिकालाई सोही विद्यालयका शिक्षकले दुव्र्यवहार गरेको भनिएको घटनाको विषयमा आक्रोशित स्थानीयले आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि यही चैत ४ गते आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।

आयोगको प्रदेश नं १ कार्यालय विराटनगरको टोलीले घटनाको स्थलगत अनुगमनसमेत गरेको बताइएको छ ।

प्रतिक्रिया