दाउ प्रहार गरी श्रीमती हत्याको आरोपमा भक्तबहादुर पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका(१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् ।
घरासयी विवाद हुँदा बिहीबार राति १०ः४० बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार राति ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि भक्तबहादुर फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसान्धान गरिरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको छ ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया