सोमबार, माघ ५, २०८२

म्यादी प्रहरी बन्न धादिङका करीब ३ हजार जनाले दिए आवेदन

मेरोन्यूज २०७८ चैत १२ गते ७:४६

धादिङ । आसन्न स्थानिय निर्वाचनका लागि धादिङ जिल्लाबाट २ हजार ८ सय २७ जनाले म्यादी प्रहरकिा लागि आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) जागेश्वर भण्डारीका २ हजार १ सय ५९ जना पुरुष र ६ सय ६८ गरी जम्मा २ हजार ८ सय २७ जनाले आवेदन दिएको हो ।

धादिङ जिल्लाबाट एक हजार ४०७ जना म्यादी प्रहरीको माग भएको थियो । यद्यपी माग भन्दा दोब्बरले आवदन दिएका छन् । छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ ।

प्रतिक्रिया