माइत हिँडेकी बुहारीमाथि ससुरा र जेठाजुद्वारा एसिड आक्रमण !
मेरोन्यूज
२०७८ चैत १२ गते १२:२७

काठमाडौँ । बारामा २७ वर्षीय महिलामाथि एसिड प्रहार भएको छ । शुक्रबार राति ८ बजेतिर पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना भएकी सीता पटेलमाथि एसिड प्रहार भएको हो।
माइतीघर बाराको कलैयास्थित कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । पटेलको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठाजु रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया