सोमबार, माघ ५, २०८२

माइत हिँडेकी बुहारीमाथि ससुरा र जेठाजुद्वारा एसिड आक्रमण !

मेरोन्यूज २०७८ चैत १२ गते १२:२७

काठमाडौँ । बारामा २७ वर्षीय महिलामाथि एसिड प्रहार भएको छ । शुक्रबार राति ८ बजेतिर पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना भएकी सीता पटेलमाथि एसिड प्रहार भएको हो।

माइतीघर बाराको कलैयास्थित कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । पटेलको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठाजु रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया