कोरोना संक्रमणमुक्त बन्दै नेपाल, जम्मा ८ संक्रमित थप
मेरोन्यूज
२०७८ चैत १२ गते १६:०४
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस (कोेभिड–१९) संक्रमण पुष्टि भएको छ । दुई हजार ६५५ जनामा गरिएको कोरोना परीक्षणमा ८ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २१० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल संक्रमितमध्ये नौ लाख ६४ हजार ६०८ जना निको भइसकेका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ७५८ पुगेको रहेको छ । हाल काठमाडौँ जिल्लामा मात्र २ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
यस्तै, धनकुटा, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, डोल्पा, हुम्ला, कञ्चनपुर र बाजुरा भने संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया