मोतीपुर–सन्धिखर्क १३२ केभी प्रसारण लाइन ऊर्जामन्त्रीद्वारा उद्घाटन

अर्घाखाँची । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका ६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन पनि सञ्चालन आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले शनिबार सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रममा प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेकी हुन् । प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिएको छ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी, प्यूठान जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ ।
अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएकोले यस क्षेत्रमा विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताइन् ।
यस भेगका उपभोक्ताले झ्याप्प झ्याप्प वत्ति गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकाले वत्ति बाल्न मात्रै नभएर खाना पकाउन पनि विद्युत प्रयोग गर्न आग्रह गरेकी थिइन ।
‘हामीसँग पर्याप्त मात्रामा रहेको पानीलाई विद्युत र सिंचाइमा रुपान्तरण गरी विद्युत उत्पादन गरौं, कृषि गरौं आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढौं,’ उनले भनिन्, ‘अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गरेर आयात गरिएको खाना पकाउने ग्याँसलाई विद्युतको प्रयोगमार्फत विस्थापित गरौं ।’
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रुपमा अगाडि बढाइएको बताइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरे,शीतगंगा नगरपालिकाका मेयर सूर्य प्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विकललगायतले प्रसारण लाइन र सबस्टेसनको सञ्चालनपछि यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।
















मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया