गृहमन्त्रीको पहलमा मैनहियामा दुई दिने स्वास्थ्य शिविर सुरु

बुटवल । गृह मन्त्रालय, सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपीएफ अस्पतालको आयोजनामा रुपन्देहीको सियारी गाँउपालिका २ मैनहियामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ कार्यक्रम सुरु भएको छ ।
सियारी गाँउपालिकाको समन्वय तथा सहआयोजनमा भएको शिविर गृहमन्त्री बालकृष्ण खाँणको पहलमा सुरु भएको हो । शिविरमा सशस्त्र प्रहरी अस्पतालका डाक्टर र स्थानीय तहका स्वास्थ्यकर्मीको संयुक्त टोलीले स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण कार्यक्रम गरिने गृहमन्त्रीका स्वकीय सचिव विजेश न्यौपानेले जानकारी दिए ।
अहिलेसम्म शिविरमा पाँच सय बढी नागरिकको उपचार भएको एपीएफ अस्पतालकी डाक्टर सौजन्या कर्माचार्यले जानकारी दिइन् । डा. कर्माचार्यले विशेष गरी शिविरमा महिलाको स्वास्थ्यबारे जचेतना जगाउने र क्यान्सरको स्क्रिनिङ गर्ने कार्यक्रम आइतबारको शिविरमा रहेको जानकारी दिएकी हुन् ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया