निर्माणको नयाँ आयाम-जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर साइन

काठमाडौं । जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एल्युमिनियम-जिंक कोटेड सिट जसलाई ग्याल्भल्युम पनि भनिन्छ, एक अलोय कोटिङ गरिएको उत्पादन हो । यसमा तौलको हिसाबले ५५ प्रतिशत एल्युमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित हुन्छ ।
जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो, जसले फलामलाई अक्सिडेशनबाट बचाउँछ र परिणामस्वरूप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँछ । विभिन्न रंग विकल्पमा उपलब्ध यही ग्याल्भा प्लसलाई भने जगदम्बा सुपर साइनको नाम दिइएको छ । नाम र रंगमा फरक भएतापनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै हुन् ।
विभिन्न आकर्षक रंगले कोटिङ गरिएको जगदम्बा सुपर साइन जस्ता पाताहरू कच्चा मालको रूपमा एल्युमिनियम-जिंक कोटेड प्लेट (पिपिजिएल) प्रयोग गरी निर्माण गरिन्छ । एल्युमिनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर साइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टिल भन्दा भिन्न बनाउँछ ।
जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित एल्युमिनियम(जिंक कोटिङ भएको उत्पादन हो । जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग छ जसले घरको लागि उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरुप सुनिश्चित गर्छ ।
देशको अग्रणी स्टिल उत्पादक कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बा स्टिलका उत्पादनहरूः जगदम्बा सुपर साइना र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको हो ।
जगदम्बा ग्याल्भा प्लसको प्राथमिक फाइदा भनेको यसको खिया प्रतिरोधात्मक विशेषता हो । जगदम्बा ग्याल्भा प्लस एन्टी(कोरोजन प्रविधि सहित निर्माण गरिएको हुन्छ जसले पाताको प्रारम्भिक क्षति रोक्छ र यसलाई टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्छ ।
अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम-जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा प्लस उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जस्तोसुकै प्रतिकुल मौसममा पनि दीर्घकालिन सुरक्षा प्रदान गर्छ । भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा हुन्छ । उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा प्लसले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्छ ।
जगदम्बा ग्याल्भा प्लसले पातामा अधिक तौल थप्दैन र उच्च मजबुती र वजन अनुपात कायम राख्छ । स्टील जत्तिकै यसको कोटिङ पनि कडा र टिकाउ हुन्छ । जगदम्बा सुपर साइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्छ जसले थप सुरक्षा प्रदान गर्छ। उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्छ ।
ग्राहकहरूमाझ गुणस्तरीय उत्पादन पुर्याउनने उद्देश्यले जगदम्बा ग्याल्भा प्लस विस्तृत गुणस्तर परीक्षणहरूको माध्यमबाट प्रशोधन गरिन्छ । जगदम्बा सुपर साइनको सतहमा एक सुरक्षात्मक’गार्ड फिल्म’को प्रयोग गरिएको हुन्छ जसले गर्दा ढुवानी र भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्छ। पर्यावरण मैत्री सामग्री एवं पर्यावराण मैत्री उत्पादन प्रक्रिया मार्फत जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर साइन उत्पादन हुन्छ ।
ग्याल्भा प्लसको प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ । साथै अन्य कार्यहरू जस्तै एयर डक्ट, लाइटिङ, कम्प्युटर केसिङ आदिमा प्रयोग हुन्छ ।
जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर साइन सार्वजनिक गरेको छ । कम्पनीले केही समय अघि मात्रै सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरू गरेको हो । निर्माण समूह शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक ३००० मेट्रिक टन, रोलिङ मिल (टिएमटी) क्यापसीटी छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टिएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया