एनआरएनएका तीन अध्यक्षले गरे पदबहाली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी र रविना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् ।
निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरूलाई खादा र माला लगाइदिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारी पनि उपस्थित थिए ।
आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीहरू बिहान पशुपति क्षेत्र पुगेर पुजा अर्चना गरेका थिए ।
सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । नवनिर्वाचित तीनै जना अध्यक्षलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राती पद तथा गोपनियताको शपथ दिलाएका थिए ।


















बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया