सिटिजन्स बैंकले विभिन्न कार्यक्रम गरेर मनायो ‘ग्लोबल मनि सप्ताह’

काठमाडौं । सिटिजन्स बैंकद्वारा ग्लोबल मनि सप्ताह सातै प्रदेशमा विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । ग्लोबल मनि विक पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न गरेको हो ।
प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल, हल्दीबारी, मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मती प्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल ,देविघाट, नुवाकोट, गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्र्रदान गर्ने कार्य गरिएको छ ।
यस क्रार्यक्रममा उपस्थित विधार्थीवर्ग, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीजनहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको छ ।
यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइृएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उत्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ्ग प्रणालि मजवुत हुने विश्वास बैंकले लिएको छ। सिटिजन्स बैंक का देशैभर १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

















दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
India wins T20 World Cup Cricket title
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया