कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राखेका छन् ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्तगरी पछ्याइइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई उछिनेका छन् । स्वाँरले ४०७ मत पाएका छन् । रास्वपाका केपी खनालले ३१६ मत पाएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं ५ को पछिल्लो मत गणनाको परिणामअनुसार रास्वपाका आनन्दबहादुर चन्दले तीन हजार ९४४ मत पाएका छन् । नेपाली कांग्रेसका नरनारायण शाहले एक हजार ४७५ मत र नेकपा (एमाले) का यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाएका छन्। उनलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मत प्राप्तगरी पछ्याइरहेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गरेका छन् ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया