सोमबार, माघ ५, २०८२

लागूऔषधसहित एक युवक पक्राउ

मेरोन्यूज २०७८ चैत १६ गते ९:१२

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका- ५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङको साथबाट १०(१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

गुरुङलाई बेसीसहर नगरपालिका(७ सेरा बजारबाट लागूऔषधसहित पक्राउ गरेको हो । गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया