शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी चलाउने

काठमाडौँ । सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक शनिबार निःशुल्क ओपीडी सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले सर्वसाधारणको मागलाई सम्बोधन गर्न आगामी शनिबार दुई विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ ।
अस्पतालले दुई वटा विशेषज्ञहरूको टिमलाई परिचालन गरी आउने शनिबार अर्थात चैत १९ गते ४ घण्टा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको हो । चैत १९ गते नर्भिकको दुई युरोलोजी टिमले निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्ने भएको हो ।
बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने छ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्याका बिरामीले यो ओपीडीबाट लाभ लिन सक्ने छन् ।
निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
यस्तै, शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म यूरोलोजी विशेषज्ञका यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिव भक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीलाई निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ ।
















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया