शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी चलाउने

काठमाडौँ । सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक शनिबार निःशुल्क ओपीडी सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले सर्वसाधारणको मागलाई सम्बोधन गर्न आगामी शनिबार दुई विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ ।
अस्पतालले दुई वटा विशेषज्ञहरूको टिमलाई परिचालन गरी आउने शनिबार अर्थात चैत १९ गते ४ घण्टा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको हो । चैत १९ गते नर्भिकको दुई युरोलोजी टिमले निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्ने भएको हो ।
बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने छ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्याका बिरामीले यो ओपीडीबाट लाभ लिन सक्ने छन् ।
निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
यस्तै, शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म यूरोलोजी विशेषज्ञका यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिव भक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीलाई निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ ।
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया