मन्त्रिपरिषद् निर्णय : पन्त, सिंह र धानुक एआइजीमा बढुवा

काठमाडौं । सरकारले तीन डिआईजीको एआईजीमा बढुवा गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले तीन डिआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । एआईजीमा बढुवा हुनेमा बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुक रहेका छन् । उनीहरुलाई गत चैत १ गते गृह मन्त्रालयले बढुवामा सिफरिस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी पन्त पहिलो नम्बरमा परेका थिए । दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो ।
डिआइजीहरुले रविन्द्र धानुकको बढुवाको विषयलाई धेरैनै असन्तुष्टि जनाएका थिए । असन्तुष्ट डिआइजीहरुले जुनियरलाई एआईजीमा सिफरिस गरेको भन्दै लोक सेवा आयोगमा उजुरी दिएका थिए ।
डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल,देवबहादुर बोहोरा, उत्तम सुवेदी लगायतका डिआइजीहरुले आफूहरुलाई अन्याय भएको भन्दै चैत १५ गते अदालत गएका थिए ।
यसअघि, यादव अधिकारी , पर्शुराम खत्री लगायत चार डिआईजीले एआइजीमा बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्धा गरेका थिए । सो मुद्धा फैसला हुदाँ उनीहरुलाई सरकारले एआईजी बढुवा गर्न बाध्य भएको थियो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया