मन्त्रिपरिषद् निर्णय : पन्त, सिंह र धानुक एआइजीमा बढुवा

काठमाडौं । सरकारले तीन डिआईजीको एआईजीमा बढुवा गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले तीन डिआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । एआईजीमा बढुवा हुनेमा बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुक रहेका छन् । उनीहरुलाई गत चैत १ गते गृह मन्त्रालयले बढुवामा सिफरिस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी पन्त पहिलो नम्बरमा परेका थिए । दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो ।
डिआइजीहरुले रविन्द्र धानुकको बढुवाको विषयलाई धेरैनै असन्तुष्टि जनाएका थिए । असन्तुष्ट डिआइजीहरुले जुनियरलाई एआईजीमा सिफरिस गरेको भन्दै लोक सेवा आयोगमा उजुरी दिएका थिए ।
डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल,देवबहादुर बोहोरा, उत्तम सुवेदी लगायतका डिआइजीहरुले आफूहरुलाई अन्याय भएको भन्दै चैत १५ गते अदालत गएका थिए ।
यसअघि, यादव अधिकारी , पर्शुराम खत्री लगायत चार डिआईजीले एआइजीमा बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्धा गरेका थिए । सो मुद्धा फैसला हुदाँ उनीहरुलाई सरकारले एआईजी बढुवा गर्न बाध्य भएको थियो ।













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया