सोमबार, माघ ५, २०८२

श्रीमतीको हत्या गर्ने पुरुष पक्राउ

मेरोन्यूज २०७८ चैत १७ गते १९:४५

काठमाडौँ । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका ४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेका छन् ।

उनलाई ३७ वर्षीया श्रीमती मनिला राईको हत्या गरेको आरोपमा प्रहरीले बुधबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सामान्य वादविवादका क्रममा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया