शनिबार, पुष १९, २०८२

वृषलाई नसोचेको आर्थिक लाभ, तपाईंको दिन कस्तो ?

मेरोन्यूज २०७८ चैत २० गते ६:५४

आज मिति २०७८ साल चैत महिनाको २० गते आइतबार । तद्नुसार अप्रिल महिनाको ३ तारिक २०२२ । चैतशुक्लपक्ष द्वितीया, अश्विनी नक्षत्र, वैधृति योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः५५ मा हुनेछ भने सूर्यास्त १८ः२२ मा हुनेछ ।

आइतबारलाई आदित्यबार पनि भनिन्छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्न निकै लाभकारी भानिन्छ। आजको देवता दिती र ग्रहदेव गुरु रहेको छ । आज बिहान ११ः४३ देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेका काम शुभ हुने छन् ।

मेष
तपाईंको स्वास्थ्यमा सुधार हुनेछ । आज बिहान सूर्योदयको दर्शन गरेर साताका कार्य योजना तयार गर्नुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन कुनै पनि शुभकार्य गर्न खोज्नु भएको छ भने पूरा हुनेछ । मनमा चिन्ता र भय केही नराखी आफ्नो कार्ययात्रामा निरन्तरकाममा लागिरहनु भयो भने सफलता मिल्नेछ ।

वृष
वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशातर्फको यात्रा फलदायी हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।

मिथुन
धनलाभ र नयाँ सुखद खबरले तपाईंमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।

कर्कट
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम दिशातर्फको यात्रा सफल हुनेछ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह
सिंह राशिका जातकले आइतबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नु हुनेछ । तपाईले कसैलाई सहयोग गर्नु भएवापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई सम्मान गर्ने छन् । आजको दिन मौन रहेर आफ्ना काममा निरन्तर लागिरहनु होला ।

कन्या
छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनु भयो राम्रो हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नु होला । चन्द्रमाको साथ रहेको छ । शुभकार्यको लागि शुभ दिन रहेको छ ।

तुला
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला ।

वृश्चिक
बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्नाृ यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला ।

मकर
व्यापारबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ ।

कुम्भ
तपाईको मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । सबैको हित हुने कार्य सोच्नुहोला ।

मीन
बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला । शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मक कार्यमा समय खर्च गर्नुहोला।

प्रतिक्रिया