सोमबार, माघ १२, २०८२

युक्रेनको बुचा शहरमा जहाँतही शव फेला

मेरोन्यूज २०७८ चैत २० गते ८:१७

काठमाडौँ । युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । उक्त शहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।

फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुवै हात पछाडि बाँधिएको थियो । शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युका कारण प्रष्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो ।

राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएपछि रुसी फौज किभनजिकैका धेरै शहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ । तर, युद्धले शहर ध्वस्त बनेको छ । अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन् ।

प्रतिक्रिया