माधव नेपालसहित १४ सांसदविरुद्ध रिटकाे सुनुवाई चैत २७ गते

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वोच्चमा दर्ता गरेको मुद्दाको सुनवाई चैत २७ गते हुने भएको छ । नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ हुने गरी पेशी तोकिएपनि न्यायाधीस नहकुल सुवेदीले उक्त रिटको सुनुवाई २७ गते हुने जनाएको हो ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो । तर न्यायाधीश सुवेदीले आफूले १४ सांसदमध्ये एक सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने र आफुले हेर्न नमिल्ने भनी आइतबार उक्त इजालसमा सुनुवाइ नहुने जानकारी गराएका थिए । मुद्धा हेर्न नमिल्नेमा परेपछि सुनुवाईमा ढिलाई भएको हो ।

करिब सात महिनादेखि पटक-पटक यो रिटमाथीको सुनुवाई सदै सदैं आएको थियो । एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पनि पेस भएको थियो ।
एमालेले भने उक्त इजलास ‘कम्फटेबल’ नभएपछि माधव नेपाल पक्षले आजको सुनुवाइ स्थगित गर्न खोजिको आरोप लगाउँदै आएको थियो ।
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया