सिन्धुपाल्चोकमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत २१ गते ६:२९

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।
ग्याँस पड्केपछि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए । आगोलागीबाट तामाङका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङका साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको हो ।
आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको हो । मीनबहादुर पनि घाइते भएका छन् । र, उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।
सम्बन्धित














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया