कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनित

हेटौंडा । नेपाली कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । कांग्रेस मकवानपुरको बैठकले गौतमलाई जिल्ला कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
महाधिवेशन प्रतिनिधिमा पराजित गौतम जिल्ला सदस्यमा विजयी भएका थिए ।
बैठकले कार्यसम्पादन समिति, संसदीय बोर्ड र दुईवटा विभाग गठन गरेको छ । बैठकले युवातथा खेलकुद र संगठन विभाग गठन गरेको हो । युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी अर्जुन तिवारी र संगठन विभागको जिम्मेवारी शैलेन्द्रराज बानियाँलाई दिइएको छ ।
कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह लक्षित छलफल गरेको छ । सत्तारुढ दलको यसअघिको बैठकले जिल्लाको १० वटै पालिका र १०२ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । यसअघि बसेको बैठकले १० जनालाई जिल्ला सदस्य मनोनित गरेपछि कांग्रेस मकवानपुरमा विवाद भएको थियो ।
















अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया