‘बिबाह गर्छु’भन्दै बयालिस लाख ठगि, रामेछापका लोक बहादुर पक्राउ

काठमाडौं । बिबाह को प्रलोवनमा पारेर अवैध रुपमा ठगि गरेको एक पुरुष पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रामेछाप जिल्ला साघँटार नगरपालिका वठा नं ३ घर भई हाल काठमाडौंको धापासी बस्दै आएका ५२ वर्षीय लोक बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार श्रेष्ठले विवाह गर्ने प्रलोभन देखाई पटक पटक गरी बयालिस लाख चौतिस हजार ठगि गरेका थिए । बिबाह गर्ने प्रलोभन देखाई पिडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आइएमी तथा सिटिएक्सप्रेस मार्फत पटक(पटक गरी करिब बयालिस लाख चौतिस हजार ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई गत २० गते काठमाण्डौंको बिशालनगरबाट पक्राउ गरी ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।















मधेसका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया