नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अङ्कले घटेर ४६६.५६ मा ओर्लेको छ । कूल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर रु एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.१६, व्यापार ३२.१९, होटल तथा पर्यटन २२.३६, विकास बैंक २४.५८, जलविद्युत् २२.४६, वित्त १३.६५, निर्जीवन बीमा २००.१३, उत्पादन १५.३४, अन्य २०.६, लघुवित्त २२.११, जीवन बीमा ११७.४५, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४१ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबार पछि बजार पूँजीकरण रु ३५ खर्ब ४७ अर्ब २८ करोड १२ लाख ७० हजार ४०१ बराबरमा सिमित भएको छ ।
कारोबारका आधारमा इमर्जिङ नेपाल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३९ लाख १५ हजार ५८३ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु पाँच करोड ६७ लाख ८७ हजार ८७६, सूर्य लाइफ इन्स्योरेन्स रु चार करोड ६३ लाख ४८ हजार, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९१ लाख दुई हजार ८८६ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६९ लाख ३३ हजार ५९१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ९.१२, आरबीबी म्युचुअल फण्ड एक ३.१८ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले २.०१ प्रतिशतले कमाएका छन् । त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.६६, कर्णाली डेभलपमेन्ट बैंक ४.२८, प्रभु इन्स्योरेन्स ४.०१, सिद्धार्थ इन्स्योरेन्स ३.४२ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।

















अमरेशलाई बधाई दिँदै गगनले भने- मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
पार्टी हारपछी मकवानपुर एमाले अध्यक्षले गरे राजीनामा घोषणा
सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया