मंगलबार, माघ १३, २०८२

निर्वाचन आयोगले हस्ताक्षर गरेर जान भनेपछि राजनीतिक दलहरुकाे आक्रोश

मेरोन्यूज २०७८ चैत २२ गते १२:१८

काठमाडौं । निर्वाचन आयोगमा राजनितिक दल र आयोगका कर्मचारीवीच झड्पको अवस्था सृजना भएको छ । आयोगले ७९ राजनितिक दललाई बोलाएको थियो ।


आयोगले आचारसंहितामा हस्ताक्षर गरेर जान भनेपछि राजनितिक दलहरुले आक्रोश व्यक्त गरेका हुन् । आयोगले आगामी २०७९ बैशाख ३० गते हुने निर्वाचनका लागि राजनितिक दलहरुलाई छलफलका लागि बोलाएको थियो ।

निवार्चन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हामीले छलफलका लागि बोलाएको बताए । तर राजनिति दलहरुले बोल्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘६ दल र निर्वाचन आयोगको सिन्डिकेटबाट आचारसंहिता निर्माण भयो । साना दललाई थाहा छैन । अहिले हस्ताक्षर मात्रै गर्न भनियो, छलफलमा सहभागी एक नेताले भने ।

प्रतिक्रिया